|  

दुई वटा संसदीय समितिको बैठक बस्दै

२७ जेठ, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र विधायन ब्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

राज्य व्यवस्था समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, विधानयन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल छलफल हुनेछ ।