|  

हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२७ जेठ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ २८ गते बुकक्लोज गर्दैछ । यसकारण आजसम्म कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।

लाभांश वितरण प्रस्ताव आठौं वार्षिक साधारणसभाले पारित गर्नेछ । सभा असार १० गते आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौं बिहान साढे १० बजे सुरु हुनेछ ।