२७ जेठ, काठमाडौं । साताको तेस्रो कारोबार दिन आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।
यो समयमा नेप्से परिसूचक १.२१ अंकले बढेर २६५४.३१ विन्दुमा अडिएको छ । प्रि-ओपन सेसनमा ४९ स्क्रिप्सको ३९ हजार ५४४ कित्ता सेयर २ करोड ६३ लाख २ हजार १५८ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये ३० स्टक्सको मूल्य बढ्दा १६ वटाको घटेको छ। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो ।