|  

सुनको मूल्यमा गिरावट, चाँदी भने बढ्याे

२७ जेठ, काठमाडौंँ । आज सुनको मूल्यमा गिरावट आउँदा चाँदी भने बढेको छ ।

साताको तेस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार एक सय ५६ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।