|  

पैसा कमाएका कारणले वंशजको नागरिकता दिनु हुदैन् : चित्रबहादुर केसी

२७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरूलाई वंशजको नागरिकता दिन नहुने बताएका छन ।

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए । 

खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिणलगायतका विभिन्न देशहरूबाट नेपालमा आउनेहरूको लर्को रहेको बताए । आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताए । 

पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? भन्दै प्रश्न गरे । गैर-आवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको उनकाे भनाइ छ । ब्रिटिस गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने उहाँले बताए ।

अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिनेकुरा राम्रो नहुने बताए ।