२७ जेठ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरूको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन्।
आज पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२ औं वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकहरूको भूमिका अझ महत्वपूर्ण हुँदै गइरहेको बताए । दिवंगत तीर्थरत्न बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्री यादवले स्व. बज्राचार्यले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्य गरेको र उनको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गरे। उनले भने, ‘दन्त स्वास्थ्य सेवाका लागि तीर्थरत्न बज्राचार्यको योगदान ठूलो छ। उनको सपना साकार पार्न र नेपाली नागरिकलाई सहज र सुलभ रूपमा सेवा प्रदान गर्ने कार्यमा यस अस्पतल र यहाँका विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहन्छ।’