|  

नेप्से २५ अंकले बढ्यो, १० अर्ब १६ करोडकाे काराेबार

२७ जेठ, काठमाडौं । नेप्से परिसूचकमा आज पनि दोहोरो अंकले बढेको छ । आज नेप्से २५.०७ अंकले बढेर २६७८. १७  विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर १० अर्ब १६ करोड ९ लाख ८१ हजार ७६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज पियोर पावर र श्री इन्भेस्टमेन्टको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै समृद्धि फाइनान्सको शेयर मुल्य ८. ३८ प्रतिशतले बढेको छ । त्यस्तै आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ६.१४ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार हाइड्रोइलेक्सिटी इन्भेस्टमेन्टको शेयर ५८ करोड ४९ लाख ५३ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।