|  

काठमाडौँको टोखामा गोली चल्यो

२७ जेठ, काठमाडौं । काठमाडौँको टोखामा प्रहरीले गोली चलाएको छ । 

लागु औषध कारोबारमा संलग्न भारतीय नागरिकले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गरेको प्रहरीले जनाएको छ । 

टोखाको ग्राण्डी अस्पताल नजिकै भएको यस घटनामा दुई जनालाई गोली लागेको छ भने अन्य ४ जनालाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट लागु औषध बरामद गरेको छ ।

६ जना भारतीय नागरिकले लागु औषधको कारोबार गर्न लागेको सुचनाका आधारमा प्रहरी पुगेपछि घटना भएको बताइएको छ ।