|  

एलिना चौहानको आवाजमा ‘गल्ती गरेँ माया लाएर’ गीत सार्वजनिक

२८ जेठ, काठमाडौं । गायिका एलिना चौहानको ‘गल्ती गरेँ माया लाएर’ बोलको गीतले सार्वजनिक भएको छ ।

श्रीकृष्ण निरौलाको शब्दमा सुवास कार्कीले संगीत दिएका छन्। यो गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । श्रीकृष्ण निरौलासँगै ईशा गिरी र विपना रिमाल फिचर्ड भिडियो विकास प्रसाई‌ंले निर्देशन गरेका छन् । ईशा गिरी आफैँले लगानी गरेको म्युजिक भिडियो उत्तम हुमागाईंले छायांकन गरेका छन् ।