२८ जेठ, काठमाडौं । पाराग्वेलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ ।
आज बिहान भएको समूह चरणको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फिफा विश्वकपका लागि छनोट भएको हो । फिफा विश्वकपको हरेक संस्करणमा छनोट हुने ब्राजिल एक्लो टोली हो । ब्राजिल सन १९३० देखिका हरेक संस्करणमा फिफा विश्वकपमा छनोट हुँदै आएको छ । पाँच पटकको विश्व विजेता ब्राजिल सन २०२६ को विश्वकपका लागि छनोट हुने १२ औँ टोली हो । अहिलेसम्म विश्वकपका लागि १२ राष्ट्रले स्थान बनाइसकेका छन । फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रले भाग लिनेछन । अब ३५ राष्ट्रले स्थान बनाउन बाँकी छ ।