३० जेठ, काठमाडौं । नेदरल्याण्डसले स्कटल्याण्डविरुद्धको खेलमा ४ विकेटको शानदार जित हासिल गरेको छ ।
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको ३७० रनको लक्ष्य पछाएको नेदरल्याण्डले ४९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेदरल्याण्डसका लागि म्याक्स ओ डाउडले सर्बाधिक अविजित १५८ रन बनाए भने तेजा निदामानुरुले ५१, नोआह क्रोएजले ५० र माइकल लेभिटले ४४ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३६९ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक १९१ रन बनाएका थिए भने कप्तान म्याथ्यु क्रसले ५९ रन बनाएका थिए ।