३० जेठ, काठमाडौं । बलिउड फिल्मका अभिनेता प्रदीप रावत फिल्म ‘आ बाट आमा’ मा अनुबन्धित भएका छन् ।
फिल्ममा उनी जोडिएको निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनले भने, ‘आ बाट आमा’ मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौँ। उहाँले फिल्ममा पल शाहको बुवाको भुमिकामा देखिनु हुनेछ । उहाँ नेपाली स्टायलको भूमिका मै हुनुहुन्छ ।’
नेपाली फिल्ममा काम गर्न आफू निकै उत्साहित रहेको अभिनेता रावतले बताए। यसअघि उनले फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए । जसमा अभिनेत्री नीता ढुङगानाको बुवाको भूमिकामा थिए । फिल्मको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका छन् । आगामी भदौबाट छायांकन गर्ने टिमको तयारी छ । फिल्मको प्रदर्शन मिति भने आगामी फागुन १५ लाई तोकिएको छ ।