०१ असार, काठमाडौं । नेपाली काँग्रेसकी सांसद नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्हाएको पार्टी भनेकी छन् ।
आजको संसद बैठकमा बोल्दै उनले भनेकी छन्,गन्हाउने पार्टीका यी सांसदहरुले अरुको बास्ना सुँघ्न सकेनन । के तपाईहरुका सभापति चोखो छन ? सभापति रवि लामिछानेको पाँच÷पाँच जिल्लामा अहिलेपनि सहकारी ठगीको मुद्धा विचाराधिन अवस्थामा छ । तपाईहरुको पार्टी सभापति सहकारीमात्र हैन, नागरिकता, पासपोर्ट काण्डमा नाम मुछिएको छ । रास्वपाका माननिय ज्युहरुले अरुलाई नैतिकताको पाठ पढाउनुहुन्छ । आफ्नो सभापति कस्तो हो ? आफुले कस्तु इस्कुलिङ गरेर आउँदैछु भन्ने कुुरा चाही थाहा छैन, आफुलाई अध्ययन नगर्ने अरुलाई नैतिकताको पाठ सिकाउने ?’
उनले संसदमा रास्वपाको नाराबाजीको विरोध गर्दै गृहमन्त्री रमेश लेखकको राजिनामा माग्नु गलत भएको बताइन । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्ना नभएको पनि बताइन ।