१ जेठ,काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन एमालेसँग भएको सहमतिमा कुनै लेनदेन नभएको स्पष्ट पारेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने प्रतिबद्धता आएपछि आफूहरूले त्यसलाई स्वीकार गरेको उल्लेख गरे ।
पुनले प्रतिपक्षीहरूले राखेको माग अनुसार सरकार ३० दिनभित्र छानबिन गर्ने सहमत भइरहेकाले बजेटको छलफलमा भाग लिन रास्वपालाई सुझाव दिए ।