|  

यो वर्ष मात्रै होइन अघिल्ला वर्षहरूमा पनि बत्ती आउने जाने भइरहेको थियोः  शाक्य

१ जेठ,काठमाडाैं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिजुली झ्याप–झ्याप जानुमा ‘सिस्टम’को दोष रहेको बताएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले प्रत्येक वर्ष विद्युत् खपत बढ्दै गइरहेको र त्यसको तुलनामा प्रसारण र वितरण लाइन नहुँदा बिजुली ‘ट्रिप’ को समस्या रहेको दाबी गरे ।

शाक्यले समस्या अघिल्ला वर्षहरूमा पनि रहेको बताए । ‘यो वर्ष मात्रै होइन अघिल्ला वर्षहरूमा पनि बत्ती आउने जाने भइरहेको थियो, स्मार्ट मिटर हेर्दा हुन्छ,’ उनले भने, ‘प्रसारण र वितरण लाइन सुदृढीकरण नहुँदा समस्या भएको हो ।’