४ असार, काठमाडौं । अमेरिकाले इजरायलको युद्धमा सहभागिता जनाए इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डाहरूमा आक्रमण गर्ने तयारी गरेको छ ।
अमेरिकाले हस्तक्षेप गरे उसका सैन्य अड्डाहरूमा इरानले आक्रमण गर्न मिसाइल र अन्य सैन्य उपकरणहरू तयार गरेको अमेरिकी अधिकारीहरूले हालैको गुप्तचर प्रतिवेदनहरूको विश्लेषण पछि बताएका छन् ।अमेरिकाले युरोपमा तीन दर्जनभन्दा बढी इन्धन आपूर्ति विमानहरू पठाएको छ । अमेरिकी अड्डाहरूको सुरक्षामा तैनाथ लडाकू जेटहरूलाई सहयोग र इरानी परमाणु सुविधाहरूमा सम्भावित बमवर्षक विमानहरूको उडान सीमा बढाउन प्रयोग हुनसक्ने स्रोतले जनाएको छ ।
इजरायलले ह्वाइट हाउसलाई इरानसँगको द्वन्द्वमा हस्तक्षेप गर्न दबाब दिँदै गरेको अवस्थामा अमेरिकी अधिकारीहरूमा विस्तृत युद्धको आशंका बढ्दै गएको छ । अमेरिकाले इजरायली अभियानमा सहभागी भएर इरानको प्रमुख परमाणु सुविधा फोर्डोमा आक्रमण गरे हुथी मिलिसियाले रेड शी ९सागर०मा जहाजहरूमा आक्रमण पुनः सुरु गर्ने सम्भावना बढ्ने अधिकारीहरूले बताएका छन् ।
उनीहरूले इराक र सिरियामा रहेका इरानसमर्थित मिलिसियाहरूले त्यहाँका अमेरिकी अड्डाहरूमा आक्रमण गर्ने प्रयास गर्नसक्ने पनि बताएका छन् ।अन्य अधिकारीहरूले आक्रमण भएमा इरानले होर्मुज स्ट्रेटमा खनिज राख्ने (माइनिङ) कार्य सुरु गर्न सक्छ, जसले अमेरिकी युद्धपोतहरू फारसी खाडीमै विलाउने रणनीतिक उद्देश्य रहेको हुनसक्ने बताएका छन् ।इरानसँग बलियो क्षेप्यास्त्र प्रणाली छ ।
उसले विगतमा पनि अमेरिकी सैन्य अड्डाहरूमा प्रहार गर्ने चेतावनी दिँदै आएको छ ।युद्धको अवस्था झन् जटिल बन्दै गएको छ भने इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गरिरहेका बेला संयुक्त राज्य अमेरिका संलग्न हुने सम्भावना बढ्दै गएको छ । यस्तो अवस्थामा इरानले अमेरिकालाई पनि प्रतिक्रिया दिने रणनीति बनाउन थालेको छ ।