|  

शीर्ष नेतृत्वबीच छलफल, प्रचण्ड अनुपस्थित

४ असार, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वबीच छलफल भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ‍।

बालुवाटारमा जारी छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् । 

यस्तै एमालेका तर्फबाट प्रधानमन्त्री ओली र सभापति देउवाबीच जारी छलफलमा  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् । यसअघि प्रमुख तीन दलका शीर्ष नेताहरू बीच छलफल हुने भनिएको थियो । 

तर, बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अनुपस्थित छन् ।