७ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै त्यसका विरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।
शनिबार काठमाडौँको माइतीघरमा पार्टी स्थापना दिवसका अवसरमा एक कार्यक्रम गर्दै रास्वपाले हस्ताक्षर अभियान थालेको हो ।
लुट तन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका निम्ति सदनका साथै सडकमा आएर तेस्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरूले जनाएका छन् ।
माइतीघरमा तेस्रो स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको बृहत् भेलामा सहभागी भएर सांसदहरू सदनतिर लागेका हुन्।