|  

आज दुई समितिको बैठक बस्दै

०८ असार, काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।