|  

इरानका आणविक क्षेत्रमा बम हानेर ट्रम्पले भने- अब इरानले शान्ति बनाउनुपर्छ

०८ असार, काठमाडौं । इजरायलको इरान विरुद्धको युद्धमा अमेरिकाले औपचारिक सहभागिता जनाएको छ ।

इरानसँग आणविक वार्ता गरिरहेको अमेरिकाले इरानमा इजरायलले हमला गरेपछि त्यसको ८ दिनपछि आफै सहभागिता जनाएर इरानलाई हमला गरेको हो । इरानका फोर्दो र अरू आणविक केन्द्रमा गरिएको हमला सफल भएको र बमहरू शक्तिशाली भएको ट्रम्पले दाबी गरेको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ । युद्ध विरोधी मतले चुनाव जितेका ट्रम्प आफै इजरायली युद्धमा जोडिएसँगै उनको अमेरिकामै आलोचना भएको छ ।