०८ असार, काठमाडाैं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने, प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्नुहुने, विनियोजन विधेयक, २०८२ को विभिन्न शिर्षकहरू माथि जारी छलफलअन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयमाथि छलफल हुनेछ ।
डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, प्रभु साहले विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयको शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, चित्रबहादुर के.सी.ले विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयको शिर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, प्रेम सुवालले विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको शिर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, हितराज पाण्डेले विनियोजन विधेयक, २०८२ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको शिर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, गंगा कार्कीले विनियोजन विधेयक, २०८२ अन्तर्गत अर्थ मन्त्रालयको शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अमनलाल मोदीले विनियोजन विधेयक, २०८२ अन्तर्गत शहरी विकास मन्त्रालयको शिर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, लेखनाथ दाहालले विनियोजन विधेयक, २०८२ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शिर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।