|  

कर्वाडको घेरावन्दीमा चीन 

विपिन देव, काठमाडौँ । गएको मार्च १२ मा कर्वाडको पहिलो शिखर सम्मेलन सम्पन भयो । कर्वाडका चार सदस्य राष्ट्रका प्रमुखहरू सम्मिलित शिखर सम्मेलनको सामरिक महत्वको व्याख्या विभिन्न कोण र दृष्टिकोणबाट विश्वका मूर्घन्य छापाखानाहरूमा गरिरहेका छन् । 

कर्वाडका सदस्यहरू अमेरिका, जापान, अष्ट्रेलिया र भारतले कर्वाडलाई सक्रिय बनाउन र विश्वका समस्यहरूलाई सम्वोधन गर्न साझा प्रतिवद्धता जाहेर गरेका छन् । 

खास अर्थमा भन्ने हो भने कर्वाडको अवधारणा सन् २००४ मै  अंकुराएको थियो । हिन्द महासागरिय क्षेत्रमा भएको सोनामीले १० हजार मान्छेहरूको मृत्यु भएको थिए । 

अष्ट्रेलिया, जापान, अमेरिका र भारतका साझा प्रयासका साथै प्रतिवद्धताले सोनामीको पराकम्पनबाट प्रभावित जनधनलाई वचाउन यथेष्ट योगदान पुगेको थियो । तत्पश्चात् सन् २००७ मा पूर्वी एसियाली देशहरूको शिखर सम्मेलनको पृष्टभूमिमा फिलिपिन्सको मनिलामा कर्वाडको संरचना, स्वरुप, रणनीति, कार्यनीति र उद्देश्यहरूको बारेमा अष्ट्रेलिया, अमेरिका, भारत र जापानबीच छलफल भएको थियो । 

सन् २००७ देखि सन् २०१७ सम्म कर्वाडको सक्रियता उल्लेखनीय देखि‘दैन । सन् २०१७ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्वाडको अपरिहार्यतालाई अनुभूति गर्दै त्यसको सामरिक स्वरुप र प्रारुपको वारेमा कर्वाड सदस्यहरूकोबीच व्यापक छलफल चलाए । 

सन् २०१९मा कर्वाडका परराष्ट्र मन्त्रीस्तरको बैठक न्युर्योकमा सम्पन्न भयो । सन् २०१९ मा सम्पन्न भएको वैठकले प्रजातान्त्रिक मूल्य र मान्यताको कसिमा अमेरिका, जापान, अष्ट्रेलिया र भारत अघि बढिरहेको कुरा सार्वजनिक गरे । सन् २०२० को अन्तिम सातामा कर्वाडको परराष्ट्र मन्त्रीस्तरको बैठक जापानको टोकियोमा सम्पन्न भएको थियो । कोरोनाको कहरमा सारा संसारका महत्वपूर्ण बैठकहरू विद्युतीय माध्यमहरूबाट भैइरहेको भएपनि टोकियोमा यस बैठककालागि कर्वाडका सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरु भौतिक रुपमा उपस्थित थिए । यसले कर्वाडको गाम्भीर्यतालाई बुझाउछ ।

अमेरीकी नयाँ राष्ट्रपति वाइडेनको आगमनले कर्वाडको भाग्य र भविष्य निर्धारण गर्ने बारेमा कूटनीतिक जानकारहरु बताइरहेका थिए । अर्थात् वाइडेनले कर्वाड सक्रिय वा निष्कृय के बनाउने हुन् भन्ने प्रश्नको उत्तर सबैले आ–आप्mनै किसिमले व्याख्या गरिरहेको परिवेशमा अमेरिकी राष्ट्रपति वाइडेनले आप्mनो परराष्ट्रनीतिमा कर्वाडलाई सर्वोच्च स्थान दि‘दै यसको सक्रियतालाई अगाडि बढाए । 

तद्नुरुप सन् २०२१ को फ्रेबुवरीमा १८ मा कर्वाडको परराष्ट्र मन्त्रीहरूबीच वार्ता भयो । वार्ताले अगामी दिनमा अमेरिकी राष्ट्रपति वाइडेन, जापानी प्रधानमन्त्री सुगा, अष्ट्रेलियाका राष्ट्रपति मोरिसन् र भारतका प्रधानमन्त्री मोदीबीच विद्युतीय माध्यमवाट शिखर वार्ता हुने गृहकार्य गरियो । 

फलस्वरुप मार्च १२ मा यी नेताहरूबीच शिखर सम्मेलन सम्पन्न भयो । कर्वाडको शिखर सम्मेलनलाई आलोचना गर्दै चीनियॉ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोवल टाइम्सले कर्वाडको संरचनामाथि कटाक्ष गरेकोछ । ग्लोवल टाइम्सका अनुसार कर्वाड एसियाली क्षेत्रमा अमेरिकी दबाव र प्रभावलाई बढाउने अस्त्र मात्रै हो भनेका छन् । ग्लोवल टाइम्सले वडो चुनौतीपूर्ण भाषामा भारतलाई घम्की दि‘दै अमेरिकी गठवन्धनबाट हट्न भनेका छन् । तर शिखर सम्मेलनले केही साझा प्रतिवद्धता व्यक्त गर्दै संयुक्त विज्ञप्तिको माध्यमबाट आफ्नो कार्यनीति सार्वजनिक गरेका   छन् । 

आफ्नो उद्घोषमा वाइडनले कर्वाडको छत्रछायाँ र कार्यनीतिलाई सहयोग गर्न आसियानका मुलुकहरूलाई आग्रह गरेका  छन् । दक्षिण चीन सागरमा चीनले सैन्य उपस्थितिलाई बढाउँदै ८०   प्रतिशत जलाशयमा आप्mनो दवदवा बढाएका छन् । 

जापानको टापुमाथि दाबी गर्दै फिलिपिन्स, मलेशिया, इण्डोनेसिया र सिङ्गापुरलाई समेत चीनले आक्रान्त गरिरहेको अवस्था  छ । यस अवस्थामा आसियानको मुलुकहरूको सहभागिता र सद्भावले कर्वाडको संकल्प पूरा हुन सक्ने जानकारहरूको विश्लेषण रहेको देखिन्छ । 

भारतका पूर्व राजदूतले अशोक सञ्जानाहारले चीनको कूटनीतिलाई तीन भागमा खण्डित गरेका छन् । 

पहिलो भागमा बुल्फ वारियर डिपलो (स्याल जस्तो घुर्त कूटनीति)

दोस्रो, मास्क डिपलोम्यासी (आवरण र आचरणमा तारतम्यता नहुनु)

तेस्रो गोपनीयताको आधारमा । यस अर्थमा कर्वाडको प्रमुख उद्देश्य नै चीनियॉ रणनीति र कूटनीतिलाई असफल तुल्याउनु   हो । विगतका दिनमा चीनले कन्फुयसियस स्कूलको आवरणमा युरोप र अमेरिकामा गोप्य सूचना र तथ्याङक चोरीको परिघटनालाई अमेरिका लगायत युरोपेली यु्नियनले गाम्भिरताका साथ लिएका छन् । साथै कर्वाडले चीनियाँ प्रविधिलाई चुनौती दिन फाइव जी र आर्टिफिसियल इनटेलीजेन्सको क्षेत्रमा यी चारै मुलुकहरूको जनधन एक भएमा चीन मत्थर हुने विश्वास लिएको देखिन्छ । 

तर शिखर सम्मेलनले हिन्दमहासागरीय क्षेत्रमा कानुनी राज्य, खुला जल नेभिगेसन (जलाशयमा स्वतन्त्रता) होस् भन्ने कुरामा जोड दिएका छन् । हिन्द महासागरीय क्षेत्र संसारको मुर्घन्य व्यापारिक मार्ग भएकोले गर्दा सबै देशको अर्थतन्त्रको मेरुदण्डमा चीनियॉ प्रभाव र दवदवा नहोस् भन्ने रणनीतिका साथ कर्वाडका मुलुकहरू चीनियॉ नीति र नियतका विरोध घेरावन्दी गरेक     छन् । 

विगतका दिनमा यी मुलुकहरूले  हिन्द महासागरीय क्षेत्रमा संयुक्त रुपमा सैनिक अभ्यास (मालावार सैनिक अभ्यास) समेत गरेका छन् । 

शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री मोदीले हिन्दु दर्शन र वैदिक मान्यता अनुसार बसुदेवम् कुटुम्वकको मन्त्रलाई अक्षरस पालना गर्न आप्mना प्रतिवद्धता जाहेर गरेका छन् । 

भारत संसारका सबभन्दा बढि भ्याकसिन उत्पादन गर्ने देश भएकोले गर्दा कर्वाडका मुलुकहरूले कोरनाको भ्याक्सिन सारा संसारमा भारतले पठाउनु पर्ने कुरामा जोड दिए । तद्नुरुप जापानी नेता सुगाले भारतको क्षमता अभिवद्धि गर्न र संसारको यो लोक कल्याणकारी दायित्व निर्वाह गर्न जापानले आवश्यक  प्रविधि र धनराशी पनि भारतलाई सहयोग गर्ने वचन वद्धता जाहेर गरेको देखिन्छ । 

शिखर सम्मेलनमा वातावरणीय समस्या, हिन्द महासागरीय क्षेत्रमा अमन चयन, प्रजातन्त्र प्रति दृढ विश्वास, हङ्कङ्क, ताइवान, तिब्वत र सिन्जायङ्गमा मानव अधिकार हनन् प्रति चिन्ता जस्ता मूर्धन्य समस्याको बारेमा सामरिक कसरत गर्ने तयारी सार्वजनिक भएको देखिन्छ ।