|  

'टिकापुर घटना तत्कालीन गृहमन्त्री वामदेव गौतमले घटाएका हुन्': रुकमणी चौधरी(भिडियोसहित) 

२० चैत, काठमाडौं । थारु कल्याणकारी सभाकी संगठन विभाग प्रमुख रुकमणी चौधरीले २०७२ सालमा घटेका टिकापुर घटना तत्कालीन गृहमन्त्री वामदेव गौतमले घटाएको आरोप लगाएकी छिन् ।

चौधरीले तत्कालीन गृहमन्त्री वामदेव गौतमले घटना घटाएर रेशम चौधरी लगायत निर्दोष व्यक्तिलाई फसाइएको जिकिर गरिन् । उक्त घटनाका बेलामा मृत्यु भएकाको पोष्टमार्टमा नगरिनु शंकाको विषय भएको उनको भनाई रहेको थियो ।

१८ महिने बालकलाई लागेको गोली कसले चलाएको हो भनेर अनुसन्धान नभएकोमा पनि उनले आपत्ति जनाइन् । नेपा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेमाथि आक्रमण हुँदा सशस्त्र प्रहरीले साथ नदिनु झनै रहस्यको विषय भएको उनले बताइन् ।

हेडलाईन नेपालको कार्यक्रम हेडलाईन विशेषमा कुराकानी गर्दै चौधरीले उक्त घटनाका बेलामा थारु महिलाहरु बलात्कृतसमेत भएको जिकिर गरिन् । कर्फ्यूका बेलामा प्रहरीहरुले महिलाहरुलाई बलात्कार गरेको आरोप चौधरीले लगाएकी हुन् ।

भिडियो-