|  

 शास्त्रीय संगीतका क्षेत्रमा चर्चित यशराजलाई भारतबाट सम्मान  

२२ चैत्र, काठमाडौँ । शास्त्रीय संगीत क्षेत्रका चर्चित गायक, संगीतकार एवंम रचनाकार सुदर्शन राजोपाध्य (उस्ताद यशराज) सम्मानित हुने भएका छन् ।

करिब ३ दशक देखि शास्त्रीय संगीतका क्षेत्रमा प्रशिक्षण सहितको योगदान पुर्याउँदै आएका नेपालका यशराजलाई भारतको  शक्ति फिल्म प्रोडक्सनले हरेक वर्ष प्रदान गर्दै आएको 'जयपुर रत्न सम्मान' बाट सम्मानित गर्न लागेको हो । यस प्रोडक्सनको तेस्रो वर्षको सम्मान यशराजले पाउन लागेका हुन् । 

उनी यही अप्रिल १० तारीखमा सम्मानित हुने छन् । यो कार्यक्रम जयपुरको निर्मला अडिटोरियम हलमा साँझ ६ बजे बाट सुरु हुने सम्मान कार्यक्रम आयोजकले जानकारी दिएका छन् ।  आयोजकका अनुसार शास्त्रीय संगीतलाई संरक्षण तथा प्रवद्धनमा महत्वपुर्ण भुमिका निर्वाह गरे वाफत यशराजलाई सम्मान प्रदान गर्न लागिएको हो ।

यसैगरी, यशराज अप्रिल १० मा हुने सम्मान ग्रहण गरी सोही ठाउँमा अप्रिल ११ तारिखमा आयोजना हुन लागेको 'रेड डाइमण्ड एचिब अवार्ड' मा समेत विशेष अथितिको रुपमा सहभागिता जनाउने छन् ।  

यसभन्दा अघि पनि उनलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन, नेपाल एवं युथ वर्ल्ड एण्ड सोशल मंच , राजस्थानको तत्वाधानमा इंदौरको विजय नगरस्थित मंगल सिटीमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय रत्न अवार्ड एन्ड कन्फेरेशन २०२० बाट सम्मान गरिएको थियो भने २०१९ जुलाई १५ मा राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा इन्टरनेशनल इण्डियन बेस्टिज अवार्ड २०१९ प्रदान गरिएको थियो । 


तीन दशक अघिदेखि सङ्गीत साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारले सङ्गीत मञ्जरी उपाधि प्रदान गरेको थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो । 


नेपालको सन्दर्भमा उनले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाएका थिए भने शास्त्र सम्मान २०१८, सेभ दि नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाएका थिए ।


सरोदवादन बाहेक उनका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफूल म्युजिक फर मेडिटेशन र भारतबाट सुरिल म्युजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन्।