|  

कतारमा रहेका नेपालीले निजी अस्पतालमा मात्र पीसीआर परिक्षण गर्नुपर्ने

२३ चैत, काठमाडौं । कतारमा रहेका नेपाली कामदारले अबदेखि त्यहाँको सरकारले तोकेका निजी अस्पतालबाट मात्र कोरोना भाइरसको पीसीआर परीक्षण गर्नुपर्ने भएको छ। कतार सरकारले एक सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो। 

यसअघि नेपाली कामदारले कतारको बिभिन्न सरकारी स्वास्थ्य केन्द्रमा निशुल्क वा न्यूनतम शुल्कमा पीसीआर परीक्षण गर्दै आएका थिए । कतार सरकारले उक्त सेवा अस्थायी रुपमा बन्द गरिएको जनाउँदै निजी क्षेत्रमा जान भनेको हो।