२३ चैत, काठमाडौं । आफ्नो आमाको करोडौँ सम्पती लिएर आमाको हेरचाह नगर्ने राष्ट्र बैँककी महिला कर्मचारी पक्राउ परेकी छिन् ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमाल रेग्मीलाई प्रहरीले आइतबार दरबारमार्गबाट पक्राउ गरेको हो।
तीन करोड रुपैयाँ र अन्य अचल सम्पत्तिसमेत लिएर आमालाई हेरचाह नगरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्व आमाले नै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
आमाले उनीविरुद्व ज्येष्ठ नागरिक ऐनअन्तर्गतको कसुरमा जाहेरी दिएकी थिइन्। उनीमाथि दुई दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।