|  

बाबरी क्याफे बनाउन अदिति बुढाथोकी नेपालमा

२४ चैत्र, काठमाडौँ । बाबरी क्याफेको छयाङ्कन गर्न नायिका अदिति बुढाथोकी नेपाल आएकी छिन् । गत वर्ष उनले आफैँले निमार्ण गर्न लागेको सो चलचित्र लकडाउनका कारण सुटिङ हुन सकेको थिएन । हाल उनी सो चलचित्र बनाउने मनसाय लिएर नेपाल आएको बुझिएको छ ।

पहिलो चलचित्र ‘कृ’पछि उनी दर्शकमाझ आउनका लागि आतुर थिइन् । तर त्यसमा कोरोना बाधक भइदियो ।

उनै, नायिका फेरि चलचित्रको छायांकनका लागि नेपाल आएकी छिन् । मुम्बइबाट नेपाल आएर अदिती यतिबेला वर्कशपमा व्यस्त छिन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको यो लभ स्टोरी चलचित्रको छायांकन वैशाखको २ गतेबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।