|  

कट्रिना कैफ कोरोना संक्रमित

२४ चैत्र, काठमाडौँ । बलिउड अभिनेत्री कट्रिना कैफलाई कोरोना संक्रमण भएको छ। कट्रिनाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन्।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनले आफ्नो सम्पर्कमा आएका सबैलाई  कोरोना परीक्षण गर्न आग्रह गरेकी छन्। उनी अहिले होम आइसोलेसनमा छन्।

यसअघि बलिउड अभिनेता अक्षय कुमार, आमिर खान, अरुण आहुजा आदिलाई पनि संक्रमण भएको थियो।