|  

ओपोको सस्तो स्मार्ट घडी नेपाली बजारमा

२५ चैत, काठमाडौं । ओपो मोवाइल कम्पनीले सस्तो मुल्यमा बजारमा ल्याएको स्मार्ट घडी नेपाली बजारमा उपलब्ध गराएको छ । ५ हजार ६ सय रुपैयाँ मुल्यमा ओपो ब्याण्ड स्टाइल ओपो वाट्च सिरिजको वेयरेबल स्मार्ट डिभाइस बजारमा विक्री शुरु गरेको कम्पनीले जनायो । 

घडीले सुतिरहेका बखत हरेक सेकेण्ड रगतमाअक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमनगरिरहने कन्टिन्यूओस् ब्लड अक्सिजनमोनिटरिङ सुविधा दिन सक्ने छ । १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट सुविधा उपलब्ध रहेको छ । 

घडीमा दिर्घकालिन सुविधा समेत रहेको कम्पनीको दावी छ । प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशनप्राप्तगर्ने, म्यूजिकप्लेब्याक नियन्त्रण तथाआफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् । एक सय एमएएच ब्याट्री रहेकाले डेड घण्टामा फुलचार्ज हुन्छ ।