|  

ज्याकलिनका नयाँ फिल्म धमाधम आउँदै

२५ चैत, काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका विभिन्न फिल्महरू शूटिङका लागि तयार भएर बसेका छन् । अक्षय कुमारसँग मिलेर उनले रामसेतु फिल्मको शूटिङ शुरू गरेकी मात्र थिइन्, सबैलाई कोरोना लागेर अहिले शूटिङ रोकिएको छ । 

ज्याकलिन पनि अहिले होम क्वारेन्टीनमा छिन् । उनले भूषण कुमारको आगामी फिल्म दीयामा पनि काम गर्ने भएकी छन् । त्यस फिल्मको शूटिङ जुन महिनामा लन्डनमा गरिनेछ । तर कोरोनाभाइरस बढिरहेकाले मितिमा परिवर्तन गर्न सकिनेछ । ज्याकलिनको यस फिल्मका अन्य स्टारकास्टको कुनै खुलासा गरिएको छैन । 

ज्याकलिनले हालै भूत पुलिसको शूटिङ पूरा गरेकी छन् । फिल्ममा ज्याकलिनसँग सैफ अली खान, यामी गौतम र अर्जुन कपूर देखिनेछन् ।यसबाहेक ज्याकलिन रणवीर सिंहको फिल्म सर्कसमा पनि देखिनेछिन् । रोहित शेट्टीले बनाएको फिल्ममा पूजा हेगडे पनि छिन् ।