|  

अपर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्न बोर्डसंग अनुमति माग्दै

२५ चैत, काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि आईपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीले चैत १६ गते आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो । कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ।