|  

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा थप ३३९ जनामा संक्रमण पुष्टि

२५ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये धेरै काठमाडौं उपत्यकाका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौंमा १३२ गरी जम्मा १६३ जना संक्रमित थपिएका हुन् ।

देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।