|  

महालक्ष्मी विकास बैंकले प्रदान गर्यो बीमा दाबी रकम 

२५ चैत्र, काठमाडौँ । महालक्ष्मी विकास बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

पालुङमा विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हक दावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हक वालालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।


बैंकले थाहा नगरपालिका वडा नं। १० का स्व। बिष्णु मगर र थाहा नगरपालिका वडा नं। १ निवासी स्व। देगु माया बलामीको मृत्यु हक दावी बीमा बापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।