|  

पत्रकार महासंघको चुनाव: ललितपुरमा पोखरेल प्यानलका सागर न्यौपानेको समूह विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा सागर न्यौपानेको समूह विजयी भएको छ ।  

बिहीबार बिहान सम्पन्न मतगणना अनुसार न्यौपाने नेतृत्वको गठबन्धन प्यानलले २७६ मतसहित जित हात पारेको हो । ललितपुर शाखाको उपाध्यक्षमा रनसुर महतारा २३३ मतसहित विजयी भएकी छिन् ।

यस्तै, सचिवमा रामहरि कार्की २६९ मत र सहसचिवमा रविन राईले २४० मतसहित जित हात पारेका छन्। त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत विजयी बनेका छन्।

सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी भएको छन्।