|  

दिनहुँ संसारकै रेकर्ड तोड्दै भारत: पछिल्लो २४ घण्टामा पनि संसारकै सबैभन्दा धेरै संक्रमित

२६ चैत, काठमाडौं । भारतमा पछिल्ला केहीदिन देखि कोरोना संक्रमण भयावह स्थिती सिर्जना गरेको छ ।

केहीदिन देखि भारतमा संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिइरहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पनि भारतमा संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ३१५ जना कोरोना संक्रमित थपिएका हुन् । भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६२ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ६८४ जनाले ज्यान गुमाएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ।