२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बानेश्वरस्थित संसद सचिवालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
ओलीले मधेशी आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन र थारु आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि तय भएको छ ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्य, पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।