|  

नेपाल पत्रकार महासंघ चुनाव: प्रतिष्ठान प्रदेशमा बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी 

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी भएको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।   

मत परिणाम अनुसार अध्यक्ष अधिकारीले ९४०, उपाध्यक्ष ओलीले ७७८, उपाध्यक्ष महिला तर्फ रुक्मिणी पोखरेलले ७३६ , महासचिव शाहीले ७११, सचिव खुल्लामा नरेन्द्र मानन्धरले ७७४ मत प्राप्त गरेका छन् ।