|  

आहा रारा गोल्डकप: दोस्रो सेमिफाइनल आज, नेपाल पुलिस र अफ्रिकन रूट खेल्दै

२६ चैत, काठमाडौं । पोखरामा जारी १९औँ आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लव र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुदैछ ।

पुलिस र अफ्रिकनबीचको खेल दिउँसो २स्३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छन् । आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४(० को जित निकालेको थियो ।

यस्तै, पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २–१ ले स्तब्ध बनाएको थियो । यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ । संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ ।