|  

पत्रकार महासंघको निर्वाचन: नुवाकोटमा पनि विपुल पोखरेल प्यानल विजयी 

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको चुनावअन्तर्गत नुवाकोटमा विपुल पोखरेल प्यानलको विजयी भएको छ ।

नुवाकोट जिल्ला शाखा अध्यक्षमा कपिलदेव खनाल विजयी भएका हुन्। त्यस्तै उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल निर्वाचित भएका छन्।

सहसचिवमा सुरज सिलवाल, कोषाध्यक्ष सुनिल विष्ट, सदस्यमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरि भेटवाल, उषा रेग्मी, राममणि अधिकारी, कृष्ण अधिकारी विजयी भएका छन्।