|  

पूर्वराजा शाह दम्पती भारत भ्रमणमा जाँदै

२६ चैत, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व महारानी कोमल राज्यलक्ष्मी देवी शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला–२०२१ मा सहभागी हुन पूर्वराजा शाह दम्पती आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

महाकुम्भ मेला विशेष समितिद्वारा गरिएको विशष आमन्त्रणलाई स्वीकार्दै उनीहरु मेला भर्न सहभागी हुने भएका हुन् ।