|  

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज

२६ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाएका छन् ।

मोदीले बिहीबार खोपको दोस्रो डोज लगाएका हुन् । मोदीले पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर कोभ्याक्सिन खोपको दोस्रो डोज लगाएका हुन् ।

मोदीले दोस्रो डोज लिँदै कोरोनालाई परास्त पार्न खोप लगाउनुपर्ने भन्दै सबैलाई खोप लगाउन अनुरोध पनि गरेका छन् ।