|  

सुनको मूल्य लगातार वृद्वि, कति पुग्यो तोलाको ?

२५ चैत, काठमाडौं । आज साताको पाँचौँ दिन बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजाररुपैयाँले बढेर ८९ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार पाँच सय रुपैयाँ थियो । महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलाको १२ सय ६० रुपैयाँ कायम भएको छ ।