|  

पत्रकार महासंघ मकवानपुर शाखामा गौतम समूह विजयी 

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम नेतृत्वको पदाधिकारीको प्यानल निर्वाचित भएको छ ।

कुल १ सय ६१ मत खसेकोमा गौतमले १०० मतका साथ विजयी भएका हुन् ।गौतमका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीतर्फका उम्मेदवार बालकृष्ण अधिकारीले ५६ मत मात्र प्राप्त गर्न सफल भए ।

गौतम प्रेस युनियन र प्रेस सेन्टरको एलायन्सतर्फको लोकतान्त्रिक प्रगतिशील गठबन्धनका उम्मेदवार हुन् ।

यस्तै, महासंघको उपाध्यक्ष पदमा गठबन्धन तर्फका उम्मेदवार ध्रुबप्रसाद अधिकारी, महिला उपाध्यक्षतर्फ सरला अधिकारी, खुल्ला सचिवतर्फ शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव समावेशीतर्फ मन्दिरा बानियाँ (मानबी), सह–सचिव खुल्लातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षतर्फ केशव समर्पण सुवेदी निर्वाचित भएका छन् ।