|  

अन्तत: ३० वर्षदेखि पालिएको विश्वकै लामो नङ काटियो(भिडियोसहित) 

२६ चैत, काठमाडौं । विश्वकै लामो नङ पालेर गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकाको टेक्सासस्थित ह्युस्टनकी आयाना विलियन्सले नङ काटेकी छिन् ।  

हालै गरिएको मापनमा उनको नङ २४ फिट ०७ इन्च लामो थियो। यति लामो नङ बनाउन ३० वर्षसम्म नङ पालेकी थिइन्। यतिबेला भने उनले नङ काटेकी छिन्।

उनको नङ फ्लोरिडाको ओर्लान्डोस्थित संग्राहलयमा राखिने सीएनएनले जनाएको छ। अब भने उनले ६ इन्चसम्म मात्र नङ पाल्नेछिन्।

भिडियो -