|  

नेपालमा वायु प्रदूषण कम हुँदै, एक्यूआई मापन २३४

२६ चैत, काठमाडौं । नेपालमा वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार भएको छ । वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ ।

वायु प्रदूषण कम हुँदै गएको भए पनि प्रदूषणमा विश्वको सूचीमा पहिलो नम्बर भने कायमै रहेको छ । काठमाडौं विश्वकै प्रदूषित सहरमा पहिलो नम्बरमा सूचीकृत भइरहँदा भारतको नयाँदिल्ली दोस्रो स्थानमा रहेको छ । यस्तै, चीनको सिनयाङ तेस्रो, साउदी अरेबियाको रियाद चौँथो र पाकिस्तानको कराँची पाँचौँ स्थानमा रहेको छ ।

२ सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । अहिले नेपालको एक्यूआई २३४ मापन गरिएको छ । अति हानिकारक अवस्थाबाट सुधार भएर अति अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ ।