|  

मन छुने सायरीहरू !

अर्जुन दाहाल

म बल्न त बले जहाँ आगो थिएन
म जल्न त जले जहाँ धुवाँ थिएन ।
उ जादूगर होइन नशामा थी
त्यसैले त उसको सामुन्ने आफ्नो होस थिएन ।।

उ फूल थी त्यसैले म काँडा बनिदिए 
ऊ सुगन्ध थी त्यसैले म स्वाद बनिदीए ।
यहाँ आफूले बनिदिएर कहाँ हुँदो रहेछ
उ मेरो भूल थी, म आफ्नै प्रश्चाताप बनिदीए ।।

आँखाका आँशु उसलाई उपहार दिए
मनको शान्ति उसलाई दाइजो दिए
उसको बोझ मनमा लिन सिपालु म
उसलाई आफ्नो नामको जिन्दगी दिए

रूपमा खोजिने सौन्दर्य हो,
बोलीमा खोजिने मिठास
उ मेरो श्वास थी
भक्कानिएर बाच्नु पर्दो रहेछ, जब मर्दछ आफ्नै आश ।।

आँखा मेरा बन्द रहेछन्
मैले संसार अन्धकारमय पाए
जुन सूर्य जस्तो चम्किलो मुहारको पछि लागे
आफू ओइल्याउनुको कारण त्यही चमक पाएँ ।।

खोट त उनिमा पनि थिएन,
खोट त म मा पनि थिएन
वर्षातमा पनि चल्छ हावाहुरी
प्रेमको छाता भाँचिनुमा मेरो मात्र दोष थिएन।