|  

मन छुने सायरीहरू !

अर्जुन दाहाल

आँखा भन्दा पहिले चश्माले देख्यो

ओठ भन्दा पहिले जिब्रोले बोल्यो

म त हेरेको हेरै भए जब म भन्दा अगाडि उनको मन अरु कसै सँग मिल्यो

कोही भन्छन् पर्खाइमा पिडा छ,

कसैलाई मिलनको आशाको मज्जा छ,

संसारमा एबम् रितले चली नै रहन्छ

जब आशाको गहिराइमा डुबेर मिलनको लाश बग्दछ ।

 

उनको हातमा मेहेन्दी थियो उनको निधारमा टीका थियो,

ऊ बाठी थी सबैलाई थाहा थियो

मेहेन्दी अर्कैको लागि नबुझ्ने उ लाटो थियो।

 

प्रेममा माला उसले बुन्यो रंगीन सपना उसले छान्यो यहाँ स्वभयभर रचिन्छ श्रीमान

उसको माला अर्कैले छिन्यो

आँखाका भाका उनका त्यसै लजालु

ओठको मुस्कान उनका त्यसै सजालु

लठु हुनु गल्ती उसको नै थियो सौन्दर्य उनको थियो नै नशालु

 

पुस्तक पसले सँग उसले कापी किन्यो

कापी सादा पानाको थियो उसले कोर्यो एउटा यस्तो तस्बिर

जो आँखाका वास्तविकता तथा मनका सपना थियो

 

उसलाई बुझाए प्रेम समुन्द्र हो भनेर

उसलाई बुझाए प्रेम गहिराइ हो भनेर

उसले समुन्द्रको गहिराइ बुझ्यो

बुझ्न बाँकी गहिराइ होइन डुङ्गा र पनडुब्बी थियो

 

फूलको थुङ्गा उसले बाटामा राखी

आफ्नो विवाहको डोली सजाई

उसले विवाह मण्डप हेर्यो अनि बुझ्यो खोसिएको फूलको काँडा जलाई

 

प्रश्न हरुको सँगालो उ सँग पनि थियो

यो कुनै परीक्षा थिएन उसले हेरेको केवल बाटो थियो

उनि सौन्दर्यको प्रतीक थिइन्, र उ निर्णायक थिएन ।

 

नशामा के मात छ र?

जति सौन्दर्यमा छ

फूलमा के रस छ र?

जति भमराको लगनमा छ

 

गिलास उसको आगाडी थियो

चुरोट र लाइटर उसको आगाडी थियो

नशा त उसको बहाना मात्र हो यहाँ

उसको अतीत उसको मस्तिष्कमा थियो

 

खरानी बनेको मनको मूल्य के

जहाँ अस्तित्वको अर्थ छैन लाश बनेको शरिरको औचित्य के

जहाँ अतीत र स्नेहको चेतना छैन

 

औजार उसको मन थियो परिश्रम गर्ने आँखा थिए जादू उनको कस्तो कस्तो अर्काको खेतको बाली लिए