|  

पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा थकाली विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकालीले निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ मुस्ताङको बुधबार सम्पन्न भएको निर्वाचनमा थकालीले १४ मत ल्याएर बिजयी भएको हो ।

नेपाल पत्रकार महासंघ मुस्ताङको आगामी नयाँ कार्यकालका लागि नेपाल प्रेस युनियन सहितको संयुक्त प्यानलबाट थकाली निर्वाचित भएका हुन् । भने नेपाल पत्रकार महासंघ मुस्ताङमा दलित तथा महिला सदस्य बाहेक पुरै संयुक्त प्यानलले जितेको हो ।

यसैगरी नेपाल पत्रकार महासंघ मुस्ताङमा संयुक्त प्यानलबाट उपाध्यक्ष (खुल्ला) दुर्गादेवी रसाईली, उपाध्यक्ष(महिला)मा तृष्णा गौचन, सचिवमा सुशीलबाबु थकाली, सहसचिव (समावेशी)मा आदित्य रसाईली ,सहसचिव सरस्वती ल्वागुन, कोषाध्यक्षमा फुलकुमारी नेपाली र केन्द्रीय परिषद सदस्यमा चन्द्रेश्वर बस्ताकोटी निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको निर्वाचनमा १३ पदमा २२ जनाले उम्मेदवारी दिएका थिए ।

जसअन्तर्गत प्रेष युनियनसँग आवद्ध प्यानलबाट गण्डकी प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेल, जिल्ला कार्य समिति सदस्यमा सौरभ चालिसे, वशन्त पौडेल, उत्तम केशी र प्रताप आचार्य निर्विरोध निर्वाचित भएका छन्। भने ओली पक्षिय प्रेष चौतारीका तर्फबाट महिला सदस्यमा चन्द्रा नेपाली र दलित सदस्यमा राजु सेन्चुरी निर्विरोध निर्वाचित भएका हुन् ।