|  

 एनभीए महिला भलिबल लिगको उपाधि न्यु डायमन्डको पोल्टामा 

 २६ चैत्र, काठमाडौँ । न्यू डायमन्ड स्पोर्ट्स क्लबले पाँचौ सस्करणको एनभीए भलिबल लिगको उपाधि जितेको छ। बिहीबार भएको खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटले पराजित गरेहो हो। 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट २५–२२ ले गुमाएको न्यु डाइमन्डले पुनरागमन गर्दै लगातार दुई सेटमा जित निकाल्यो। 

दोस्रो सेटमा २५–११ को जित निकाल्यो। त्यस्तै न्यू डायमन्डले तेस्रो सेटमा अन्तिमा २५–१९ को जित निकालेको न्यु डाइमन्डलाई पुलिसले चौथो सेटमा २५–२१ ले हराएको थियो।

२–२ को बराबरीको अवस्थामा सुरु भएको अन्तिम तथा निर्णायक सेटमा १५–११ अंकले न्यु डाइमन्डले खेल जितेको थियो।


यो जितसँगै न्यु डाइमन्डले ३ लाख नगद पुरस्कार पाएको छ। उपविजेता पुलिसले १ लाख ५० हजार पुरस्कार पाएको छ।