|  

एकल बीमालेखमा यसरी राखियो थप कडा व्यवस्था

२६ चैत्र, काठमाडौँ । बीमा समितिले एकल बीमालेखमा थप कडा व्यवस्था गरेको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै एकल बीमालेखहरु तीन वर्षसम्म सरेन्डर (त्याग) गर्न नपाउने व्यवस्था गरेको   हो ।

यस्तै तीन वर्षसम्म बीमालेख  धितोमा कर्जा दिन नपाउने पनि व्यवस्था गरेको छ । समितिले एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी भएका बीमालेखहरु अन्तर्गत बीमा शुरु भएको मितिबाट ३ वर्ष पुरा भएपछि मात्रै समर्पण मूल्य तथा बीमालेख धितोमा कर्जा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ  ।

एकल बीमालेखले बीमा क्षेत्रमा विकृति बढेको भन्दै चौतर्फी गुनासो बढेपछि समितिले त्यस्तो बीमा लेखमा थप कडाइ गर्दै उक्त निर्देशन दिएको हो । समितिको यो निर्देशनसंगै एकल बीमामा हुने बिकृति हट्ने विश्वास गरिएको छ ।